कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फ्रान्सेली जलसेनाका १ हजार ८१ सैनिकमा कोरोना संक्रमण

फ्रान्स — फ्रान्सेली जलसेनाका १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चार्ल्स द गोल नाबिक एरोनोटिक जहाजमा रहेका २ हजार १० सैनिकको कोरोना परीक्षण गरिएको थियो । सैनिकहरूमा कोरोनाका लक्षण देखिएपछि परीक्षण गर्दा १ हजार ८१ मा संक्रमण भएको देखिएको रक्षामन्त्री फ्लोरेन्स पार्लीले सार्वजनिक गरेकी हुन् ।

फ्रान्सेली जलसेनाका १ हजार ८१ सैनिकमा कोरोना संक्रमण

राष्ट्रिय सभाको रक्षा, सुरक्षा समितिमा रक्षामन्त्रीले बुझाएको रिपोर्टअनुसार कोरोना संक्रमित १ हजार ८१ मध्ये ५ सय ४५ जनामा लक्षण देखिएको छ । अन्य २४ जना तुलोँस्थित सेन्ट आन मिलिटरी अस्पताल भर्ना गरिएका छन् भने एक जनालाई सघन उपचार कक्षामा भर्ना गरिएको छ ।

भाइरस नेगेटिभ देखिएका सैनिकहरूलाई पनि क्वारेन्टाइनमा राखिएको छ । परीक्षण गरिएका सबैको विस्तृत रिपोर्ट भने तयार भइनसकेको बताइएको छ ।

यो घटनापछि राष्ट्रिय सभाको विदेश मामिला, रक्षा र सशस्त्र बल समितिका अध्यक्ष सिनेटर क्रिश्चियन क्याम्बनले रक्षामन्त्री फ्लोरन्स पार्लीलाई सेनाका सदस्य अपरेसनमा जानु अघि व्यवस्थित स्वास्थ्य जाँचको आग्रह गर्ने संकेत दिएका छन् ।

'सैनिकहरूले आफ्नो मिसनमा प्रस्थान गर्नु अघि आफ्‍नो सुरक्षा र अपरेसनल दक्षताको लागि पनि परीक्षण गरेर किन फाइदा गर्दैनन् भन्‍ने बुझ्‍न सकिएन,' उनले भने ।

मिसनमा खटिएका सैनिकहरूमा कोरोना भाइरसका लक्षणहरू देखिएपछि मिसन पुरा हुनुभन्दा दुई हप्ता अघिनै फर्किएका थिए । निरन्तर समुद्री यात्रामा रहेका सैनिकमा कसरी कोरोना भाइरस संक्रमण भयो भन्‍ने रहस्यमय रहेको जनाइएको छ ।

प्रकाशित : वैशाख ८, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?