पाल्हिनन्दन गाउँपालिकामा २ सय ५४ जना मध्यम र ४५ जना कडा कुपोषणका बालबालिका भेटिएपछि चासो बढेको छ।
What you should know
परासी — पश्चिम नवलपरासीमा १ हजार ६ सय ७० जना बालबालिकामा कुपोषण भएको भेटिएको छ ।
स्वास्थ्य कार्यालय, स्थानीय तह र हेलेन केलर इन्टरनेसनलले सञ्चालन गरेको पोषणमार्फत जीवन रूपान्तरण परियोजनाले संयुक्त रुपमा जिल्लामा गरेको पोषण लेखाजोखामा सबैभन्दा बढी पाल्हिनन्दन गाउँपालिकामा मध्यम खालको कुपोषण भएका २ सय ५४, कडा कुपोषण भएका ४५ जना भेटिएका छन् ।
बर्दघाट नगरपालिकामा २ सय २४ मध्यम, ३८ जना कडा, रामग्राम नगरपालिकामा २ सय ३९ मध्यम, ३४ जना कडा सुनवल नगरपालिकामा १ सय ५६ मध्यम, १० जना कडा, सरावल गाउँपालिकामा १ सय ९७ जना मध्यम, २२ जना कडा, प्रतापपुर गाउँपालिकामा २ सय २ मध्यम, २१ जना कडा र सुस्ता गाउँपालिकामा १ सय ९३ जना मध्यम र ३५ जनामा कडा कुपोषण भएका बालबालिका भेटिएका छन् ।
मध्यम र कडा कुपोषण यकिन गरेर उपचारमा समेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अगंदबहादुर शाहीले बताए । ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्ने गरिएको छ । सरकारी निकायसँग समन्वय गरेर जिल्लामा हेलेन केलर इन्टरनेसनलले पनि काम गरिरहेको बेस नेपालका कार्यक्रम कोअर्डिनेटर शालिकराम पोखरेलले बताए । ५९ महिनासम्मका बालबालिकामा कुपोषणको अवस्था जाँच गरिन्छ ।
उपचार गर्नुपर्ने र आवश्यक पौष्टिक आहार आवश्यक भएका बालबालिकालाई निःशुल्क उपचार र पौष्टिक आहार उपलब्ध गराइने गरेको छ । बालबालिकालाई आवश्यक आहारा र मात्रा मिलाउन नसक्दा शिक्षित र आर्थिक रूपमा सबल परिवारका बालबालिकामा पनि कुषोषण भेटिएको छ ।
ग्रामीण भेगमा भने आवश्यक ज्ञानको अभाव र परिवारले पौष्टिक तत्त्वयुक्त खानेकुरा मिलाएर खुवाउन नसक्ने अवस्था हुँदा बालबालिका कुपोषित हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
कुपोषणबारे ईकान्तिपुरमा प्रकाशित सम्बन्धित समाचारहरु पनि पढनुहोस् :
