पहलगाम आक्रमणमा पाकिस्तान जिम्मेवार : भारत 

वैशाख २५, २०८२

एजेन्सी

Pakistan responsible for Pahalgam attack: India

काठमाडौँ — कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको पुन: दोहोर्‍याएको छ । 

बिहीबार नयाँदिल्लीमा आयोजित प्रेस ब्रिफ्रङमा भारतीय विदेश सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणका लागि ‘द रिसस्टेन्ट फ्रोर्स (टीआरएफ) लाई जिम्मेवार ठहराउने भारतको अडान दोहोर्‍याएका हुन् । 

उनले टीआरएफ पाकिस्तानस्थित लश्कर-ए-तैयबा आतंकवादी समूहको मोर्चा भएको र यसलाई संयुक्त राष्ट्रसंघले आतंककारी समूह घोषणा गरेको जनाए । 

भारतले पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान जाने गरि भएको आक्रमणको जवाफी कारबाही स्वरूप बुधबार बिहान पाकिस्तानमाथि आक्रमण सुरू गरेको हो । ‘अपरेसन सिन्दूर’ नामक कारबाहीले लिएका हमलाकारीलाई जवाफदेही बनाउने भारतीय रक्षा मन्त्रालयको दाबी छ ।

तर पाकिस्तानले भने भारतविरुद्ध आक्रमण गर्न कुनै पनि समूहलाई आफ्नो माटो प्रयोग गर्न अनुमति दिएको कुरा अस्वीकार गर्दै आएको छ ।

एजेन्सी

Link copied successfully