काठमाडौँ — सन् १९८३ मा आजकै दिन (९ जुन) मा प्रधानमन्त्री मार्गरेट थ्याचर दोस्रो कार्यकालका लागि चुनाव जित्ने बेलायतकै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
बेलायतको तल्लो सदन हाउस अफ कमन्स्को ९ जुनमा भएको चुनावमा थ्याचरको कन्जरभेटिभ पार्टीले ६ सय ५० मध्ये ३ सय ९७ सिट जित्दै भारी बहुमत हासिल गरेको थियो । बहुमतका लागि ३ सय २५ सिट मात्र भए पुग्थ्यो । चार वर्षअघिको चुनावमा उनको दलले ३ सय ३९ सिट जितेको थियो । यस पटक कन्जरभेटिभ पार्टीले अघिल्लो चुनावको तुलनामा सिटसँगै मत प्रतिशतमा पनि सुधार गरेको थियो ।
