कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

सन् २००२ मा आजकै दिन : सेरेनालाई फ्रेन्च ओपन

काठमाडौँ — सन् २००२ मा आजकै दिन (जुन ८) मा अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले महिलातर्फ फ्रेन्च ओपन उपाधि जितेकी थिइन् । टेनिस खेल जीवनमा सेरेनाको त्यो पहिलो फ्रेन्च उपाधि थियो ।

सन् २००२ मा आजकै दिन : सेरेनालाई फ्रेन्च ओपन

फाइनल खेलमा सेरेनाले ७–५ र ६–३ को सिधा सेटमा आफ्नी दिदी भेनस विलियम्सलाई पराजित गरेकी थिइन् । त्यसपछि २००३ को अस्ट्रेलियन ओपनसम्म उनले दिदीलाई पराजित गर्दै चार मुख्य उपाधि जितेकी थिइन् ।

सन् १९८१ सेप्टेम्बर २६ मा जन्मिएकी सेरेनाले १९९५ देखि टेनिस खेल्न सुरु गरेकी थिइन् । उनले १९९९ मा पहिलो पटक यूएस ओपन उपाधि जितेकी थिइन् । सेरेनाले २३ मुख्य उपाधि जितेकी छन् । उनले २०२२ सेप्टेम्बरमा खेल जीवनबाट संन्यास लिएकी हुन् ।

प्रकाशित : जेष्ठ २६, २०८१ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x