ग्लोबल रम एम्बेसडर इआन नेपालमा

जेष्ठ २५, २०८१

कान्तिपुर संवाददाता

Global Rum Ambassador Ian in Nepal

काठमाडौँ — नेपाल डिस्ट्रिलरिजद्वारा उत्पादित खुकुरी रमको आयोजनामा ‘खुकुरी मास्टरक्लास विथ इआन वरेल’ तालिम तथा कार्यशाला सम्पन्न भएको छ ।  कार्यशालामा ग्लोबल रम एम्बेसडर इआन वरेलले नेपालका बारटेन्डिङ स्कुल, स्टार होटल, चल्तीका रेस्टुरेन्ट लगायतमा कार्यरत तथा अध्ययनरत ५० जना बार टेन्डरलाई प्रशिक्षण दिएका थिए ।

कार्यशालामा उनले रम कल्चरलाई बढावा दिने उपाय, रम पिउने समय र तरिका लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक कक्षा सञ्चालन गरे । 

‘यसले रम कल्चरसम्बन्धी ज्ञानको दायरालाई अझै फराकिलो बनाउने र नेपाल जस्तो कृषिप्रधान देशका उत्पादनलाई कसरी विश्वव्यापी बजारमा स्थापित गराउने भन्ने लक्ष्यरेखा कोर्न सहयोग प्रदान गर्नेछ,’ उनले भने, ‘सुन्दर देश नेपालबारे धेरै सुनेको थिएँ, नेपाल ओर्लिसकेपछि यहाँको लोकल तोङबा, छ्याङ, एैला चाख्ने मौका पाएँ । यहाँकै लोकल कच्चा पदार्थबाट तयार भएका यी सबै स्थानीय उत्पादनको स्वादमा एक किसिमको अद्भुत मौलिकता छ । यसले नेपाली संस्कृतिको गन्ध दिन्छ ।’

सन् १९५९ देखि नेपालमा उत्पादन हुँदै आएको खुकुरी रम नेपाली लिक्वयर्सको क्षेत्रमा ‘सिग्नेचर’ सावित भइसकेको र यसले आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल भएको इआनको भनाइ छ । 

भर्खरै लन्डनमा सम्पन्न आईडब्लूएससी वर्ल्डवाइड कम्पिटिसनमा नेपालबाट प्रतिनिधित्व गरेको खुकुरी रमको ट्रिपल एक्स तथा स्पाइसले ८९ अंक प्राप्त गर्दै ब्रञ्ज र न्युड सुपेरियरले ९१ अंक प्राप्त गर्दै सिल्भर अवार्ड जित्न सफल भएको थियो । उक्त कम्पिटिसनका मुख्य निर्णायकसमेत रहेका इआनले विभिन्न देशका हजारभन्दा बढी प्रकृतिका रमको स्वाद चाखिसकेका छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully