सन् १९५९ मा आजकै दिन : सिंगापुरमा ली क्वान प्रधानमन्त्री

जेष्ठ २३, २०८१

कान्तिपुर संवाददाता

On this day in 1959: Lee Kuan Prime Minister in Singapore

काठमाडौँ — सन् १९५९ मा आजकै दिन (जुन ५) मा ली क्वान यू सिंगापुरको प्रधानमन्त्री भएका थिए । सिंगापुरका पहिलो प्रधानमन्त्री लीले १९९० नोभेम्बर २८ सम्म शासन गरे । 

१९२३ सेप्टेम्बर १६ मा जन्मिएका ली सिंगापुरका राष्ट्रपिताका रूपमा परिचित छन् । लीले १९५४ मा पिपुल्स एक्सन पार्टी (पीएपी) को स्थापना गरेका थिए ।

उनी १९५४ देखि १९९२ सम्म पीएपीको महासचिव थिए । अर्को वर्ष भएको आमनिर्वाचनमा उनी तान्जोङ पगार क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । त्यसयता उनी २०१५ मा मृत्यु हुनुअघिसम्म लगातार सांसद निर्वाचित भए । १९५९ मा भएको चुनावमा पीएपी विजयी भएसँगै ली प्रधानमन्त्री बने । 

प्रधानमन्त्रीको रूपमा लीले सिंगापुरलाई १९६१ अगस्ट ३१ मा ब्रिटिस शासनबाट स्वतन्त्र घोषित गर्दै मलेसियाको नयाँ संघमा सामेल गराए । १९६४ को जातीय दंगासँगै लीको पीएपी र मलेसियाको सत्तारूढ दलबीच राजनीतिक विवाद बढेपछि लीले १९६५ मा सिंगापुरलाई मलेसियाबाट अलग गर्ने घोषणा गरेका थिए । उनको २०१५ मार्च २३ मा निधन भएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully