सन् २०१२ मा आजकै दिन : मलालामाथि आक्रमण

आश्विन २२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (अक्टोबर ९) मा मलाला युसुफजाईमाथि तालिवानले आक्रमण गरेको थियो ।

 महिला शिक्षाका लागि अभियान सञ्चालन गरेकी युसुफजाईलाई तालिवानले कुनै समय आफ्नो नियन्त्रणमा रहेको स्वाटमा आक्रमण गरेको थियो । 

तालिवानले ‘मलाला को हो ?’ भन्दै सोधेलगत्तै उनको टाउकोमा गोली हानेका थिए । आक्रमणमा उनका दुई साथीसमेत घाइते भएका थिए । आक्रमणपछि तत्कालै सेनाको सहयोगमा अस्पताल पुर्‍याइएकी मलालालाई थप उपचारका लागि बेलायत लगिएको थियो ।

आक्रमणका बेला मलाला १५ वर्षकी थिइन् । त्यसको दुई वर्षपछि उनलाई महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनी सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुन् ।

११ वर्षको उमेरमा तालिवान शासनको जीवनबारे बीबीसी उर्दुमा लेखेको परिचयविहीन डायरीका कारण मलालाले मानिसहरूको ध्यान केन्द्रित गर्न सफल भएकी थिइन् । उनले विद्रोहीको दबाबको खुलासा गर्दै महिला शिक्षाको वकालत गरेकी थिइन् । साथै उनले सार्वजनिक रूपमा त्यस्ता मुद्दाबारे वकालत गरेपछि उनी तालिवानको नजरमा परेकी थिइन् ।

आजकै दिनयुवा ग्यालरी

कान्तिपुर

Link copied successfully