सन् २०१२ मा आजकै दिन : चाभेज चौथो पटक राष्ट्रपतिमा निर्वाचित

आश्विन २१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (अक्टोबर ८) मा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज चौथो कार्यकालका लागि निर्वाचित भएका थिए ।

१९५४ को जुलाई २८ मा जन्मिएका चाभेज १९९९ देखि २०१३ सम्म भेनेजुएलाका राष्ट्रपति थिए ।

चाभेजले जनमत संग्रहमार्फत भेनेजुएलाको तत्कालीन संविधान परिवर्तन गरी समाजवाद लागू गरेका थिए । अमेरिकी साम्राज्यवादसँग कडा संघर्षमा उत्रिएका चाभेजले देशभित्रका उद्योग, कलकारखाना राष्ट्रियकरण गर्ने तथा किसान र मजदुर वर्गको जीवनस्तर उकास्ने उद्देश्यले समाजवाद लागू गरेका थिए ।

पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुँदासम्म भने चाभेज समाजवादको पक्षमा थिएनन् । तर प्रतिस्पर्धीहरूको प्रतिरोध र सरकारविरुद्ध आक्रमण हुन थालेपछि उनमा केही परिवर्तन भएको थियो । उनले औपचारिक रूपमा भने २००५ देखि समाजवादका बारेमा बोल्न थालेका थिए । चाभेजको क्यान्सरका कारण २०१३ मार्च ५ मा ५८ वर्षको उमेरमा निधन भएको थियो ।

आजकै दिन

कान्तिपुर

Link copied successfully