काठमाडौँ — भारतमा केही दिनयता कोरोना संक्रमण केही घटे पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा सोमबार कोरोनाले ४ हजार ३ सय २९ को मृत्यु भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा संक्रमण भने घट्दै गएको छ । भारतमा सोमबारबार २ लाख ६३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा २५ दिनपछि पहिलो पटक आइतबार एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।
India reports 2,67,334 new #COVID19 cases, 3,89,851 discharges & 4529 deaths (highest in a single day) in last 24 hrs, as per Health Ministry.
— ANI (@ANI) May 19, 2021
Total cases: 2,54,96,330
Total discharges: 2,19,86,363
Death toll: 2,83,248
Active cases: 32,26,719
Total vaccination: 18,58,09,302 pic.twitter.com/iXabFEM0M5
त्यस्तै पछिल्ला दिनमा दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म २ करोड ५४ लाख ९६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड २० लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २ सय ४८ पुगेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख भन्दा बढी छ । भारतमा सोमबारसम्ममा करिब १८ करोड ५८ लाख डोज खोप लगाइएको छ ।
