तिलोत्तमा — बुटवल कोरोना विशेष अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र २ महिला रहेका छन् ।
गत वैशाख २५ गते अस्पतालमा भर्ना भएका रुपन्देहीको तिलोत्तमा ५ का ६१ वर्षीय पुरुषको बुधबार बिहान ३ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनका अनुसार वैशाख २८ गते भर्ना भएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेर १० मिनेटमा, २८ गते भर्ना भएकी बुटवल ७ की ६० वर्षीया महिलाको साढे ७ बजे र मंगलबार नै भर्ना भएकी पाल्पाको तिनाउ गाउँपालिका ६ की ६० वर्षीया महिलाको दिउँसो ४ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
