कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजारभन्दा बढीलाई कोरोना, ६८५ जनाको मृत्यु

इकान्तिपुर डेस्क

काठमाडौँ — भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । र, संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको बताइएको छ । सार्वजनिक सरकारी तथ्यांकहरुले पनि संक्रमित हुने र मृत्यु हुनेको संख्या  बढिरहेको देखाउँछ ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजारभन्दा बढीलाई कोरोना, ६८५ जनाको मृत्यु

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ६सय ८५ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ६ सय ६२ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म १ करोड २९ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये १ करोड १८ लाखभन्दा बढी निको भएका छन् ।

भारत सरकारले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार २९ लाख ७९ हजारभन्दा बढीले खोप लगाएका थिए । योसँगै भारतमा हालसम्म ९ करोड १ लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

भारतका ३६ राज्य तथा प्रदेशहरुमध्ये महाराष्ट्र, मध्यप्रदेश, छत्तीसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मू–कश्मीर, गुजरातमा पनि संक्रमण तीव्र रुपमा बढेको छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था त झनै भयावह छ । महाराष्ट्रमा बुधबार मात्र ५९ हजार ९ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

महाराष्ट्रका मुम्बई, पुने, नासिकलगायतका सहर बढी प्रभावित छन् । संक्रमणले भयावह बन्दै गएपछि महाराष्ट्र सरकारले राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु र बिदाको दुई दिन शनिबार र आइतबार लकडाउन गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी संक्रमण जोखिम कम गर्न मध्यप्रदेश सरकारले महाराष्ट्रसँगको सीमा बन्द गरेको छ । त्यसैगरी उत्तरप्रदेश, पञ्जाबमा पनि विद्यालय र क्याम्पसहरु बन्द गरिएका छन् ।

प्रकाशित : चैत्र २६, २०७७ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?