ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२ हजार ७ सय ७७ को मृत्यु
इकान्तिपुर डेस्क

काठमाडौँ — ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिहीबार ब्राजिलमा १ लाख १ सय ५८ जनामा कोरोना पुष्टि भएको हो ।

ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमण तीव्र भएसँगै राष्ष्ट्रपति जायर बोल्सोनारोमाथि राजनीतिक दबाब थपिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ । कोरोना खोप खरिद र रोकथाममा बोल्सोनारोले ढिलासुस्ती गरेको आरोप लाग्दै आएको छ ।

त्यस्तै बिहीबार ब्राजिलमा थप २ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख २० हजार नाघेको छ । त्यस्तै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ३ हजारभन्दा बढी नाघेको छ । ब्राजिलमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड ८ लाख निको भएका छन् ।

यसअघि ब्राजिलमा बुधबार एकैदिन ३ हजार २ सय ५१ जनाको मृत्यु भएको थियो । यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ । यसअघि कोरोनाका कारण लकडाउन नगर्ने र मास्कको प्रयोगको आलोचना गर्ने राष्ट्रपति जैर बोल्सोनारोले आफ्ना कदमको बचाउ गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?