१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

क्वारेन्टाइन नियम उल्लंघन गर्दा दक्षिण कोरियामा एक युवकलाई ४ महिना जेल

एजेन्सी

सोल — क्वारेन्टाइनको नियम पटक पटक उल्लंघन गरेको भन्दै दक्षिण कोरियाको एक अदालतले एक युवकलाई चार महिना जेल सजाय सुनाएको छ ।

क्वारेन्टाइन नियम उल्लंघन गर्दा दक्षिण कोरियामा एक युवकलाई ४ महिना जेल

दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गरेको मामिलामा पहिलो पटक जेल सजाय सुनाइएको हो । किम नाम गरेका ती युवक क्वारेन्टाइन अवधि पूरा हुनुभन्दा २ दिन पहिले नै आफ्नो घरबाट बाहिर निस्किएका थिए । त्यहाँबाट क्वारेन्टाइन केन्द्र लैजाने क्रममा उनी भाग्ने प्रयास गरेका थिए ।

दक्षिण कोरियाका कैयौं नाइटक्लबमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नीति अपनाउने विषयमाथि विचार गरिरहेको जनाएको छ ।

दक्षिण कोरियामा हालसम्म ११ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार २ सय ७५ जना निको भएका छन् । दक्षिण कोरियामा कोरोना संक्रमणबाट हालसम्म २ सय ६९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा सरकारले चालेका प्रभावकारी कदमका कारण अहिले संक्रमण नियन्त्रणउन्मुख रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?