कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा निकायलाई फिलिपिन्सका राष्ट्रपतिको निर्देशन- ‘लकडाउन उल्लंघन गरे गोली हान्‍नुहोस्’

एजेन्सी

मनिला — फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुर्तेतेले मुलुकमा लगाइएको एक महिना लामो लकडाउनका बेला ‘समस्या सिर्जना गर्ने’ लाई गोली हान्न प्रहरी र सेनालाई निर्देशन दिएका छन् ।

सुरक्षा निकायलाई फिलिपिन्सका राष्ट्रपतिको निर्देशन- ‘लकडाउन उल्लंघन गरे गोली हान्‍नुहोस्’

बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आपराधिक क्रियाकलापविरुद्ध अलि कडै रुपमा प्रस्तुत हुने राष्ट्रपति द्रुतेतेले सरकारले लागू गरेको क्वारेन्टाइनको मापदण्डको सबैलाई पालना गर्न आग्रह गर्दै हुलहुज्जत र नियम नमान्नेलाई गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।


‘यो सबैलाई चेतावनी हो । यस्तो कठिन समयमा सरकारले भनेको मान्नुहोस्,’ राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले भने । ‘स्वास्थ्य कर्मचारी, चिकित्सक र अरु कसैलाई पनि बाधा पुग्ने खालका काम नगर्नुस्, त्यो गम्भीर अपराध हो । म प्रहरी र सेनालाई निर्देशन दिन्छु कि जसले बाधा अवरोध सिर्जना गर्छ तिनहरुको जीवन खतरामा छ, तिनीहरुलाई गोली हान्नुहोस्,’ उनले भने । ‘सरकारलाई डर नतर्साउनुस्, सरकारलाई चुनौती नदिनुस्, तपाईँले आफ्नो जीवन गुमाउनुहुनेछ,’ राष्ट्रपति दुर्तेतेले भने ।


राष्ट्रपति दुर्तेतेको यस्तो चेतावनी राजधानी मनिलाको क्वेजोन क्षेत्रका सुकुम्बासीहरुले सरकारविरुद्ध खाना र राहतका सामग्री माग्दै प्रदर्शन गरेपछि आएको हो । सुरक्षा अधिकारीहरुले सुकुम्बासी बस्तीका नागरिकलाई घरभित्र जान अनुरोध गरेपछि उनीहरुले प्रदर्शन गर्दै आइरहेका छन् । प्रहरीले २० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको पनि जानकारी दिएको छ ।


स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बिहीबार दिउँसोसम्म फिलिपिन्समा २ हजार ३ सय ११ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट ९६ जनको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?