१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चर्चित अमेरिकी जाज संगीतकार वालेस रुनीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ — अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको छ । उनको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको सीएनएनले जनाएको छ । उनी ५९ वर्षका थिए । 

चर्चित अमेरिकी जाज संगीतकार वालेस रुनीको कोरोना संक्रमणबाट मृत्यु

रुनीको निधनको पुष्टि गर्दै उनकी प्रचारक लिडिया लिब्म्यानले भनेकी छिन्, ‘कोरोना भाइरसको संक्रमणबाट प्रसिद्ध ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मंगलबार निधन भएको खबर सुनाउनुपर्दा म एकदमै दुखी छु ।’ रुनी गत बुधबार अस्पताल भर्ना भएका थिए ।

रुनीको निधनमा शोक व्यक्त गर्द अर्का अमेरिकी जाज संगीतकार माइल्स डेभिसले रुनी विश्वभरका जाज समुदायका लागि प्रेरणाको स्रोत रहेको र उनको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

रुनीले सन् १९९५ मा ग्रामी अवार्डसमेत प्राप्त गरेका थिए । ४० वर्षको सांगीतिक करियरमा उनले २० भन्दा बढी एल्बम निकालेका छन् । उनको पछिल्लो सांगीतिक एल्बम ‘ब्लू डन, ब्लू नाइट्स’ हो ।

प्रकाशित : चैत्र १९, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?