कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

तेलको मूल्य १८ वर्षयताकै सस्तो

एजेन्सी

वासिङ्टन — विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण तेलको मूल्य १८ वर्ष यताकै सस्तो भएको छ । 

तेलको मूल्य १८ वर्षयताकै सस्तो

कच्चा तेलको मागमा भारी गिरावट आएपछि तेलको मूल्य सन् २००२ पछिकै सस्तो भएको हो । सोमबार एउटा बिन्दुमा ब्रेन्ट कच्चा पदार्थ प्रति ब्यारेल २२ दशमलव ५८ डलरमा झरेको थियो, जुन सन् २००२ को नोभेम्बरपछिकै सस्तो हो । यसैबीच युएस वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई) मा पनि भारी गिरावट आएको छ । जसअनुसार प्रति ब्यारेल २० डलरमा झरेको छ । यो १८ वर्षको अवधिमा सबैभन्दा सस्तो मूल्य हो ।


कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको माग कम भएपछि अधिकांश कम्पनीले उत्पादन घटाउनुका साथै केही कम्पनीले उत्पादन नै बन्द गरेका कारण गत महिना तेलको मूल्य आधाभन्दा बढीले गिरावट आएको थियो । तेलको माग कम भइरहेकै बेला यसै महिनाको सुरुवातमा साउदी अरब र रुसबीच मूल्यलाई लिएर विवादसमेत भएको थियो । उत्पादन घटाउनेबारे साउदीले गरेको प्रस्तावमा तेल उत्पादक राष्ट्रको समूह ‘ओपेक’ ले सहमति व्यक्त गरे पनिरुसआश्वस्त नहुँदा दुई देशबीच विवाद चर्किएको थियो ।


तेल प्रशोधन गर्ने विश्वका अधिकांश मुलुकले कम मात्रामा कच्चा पदार्थ प्रशोधन गर्न थालेपछि ‘ओपेक’ ले उत्पादन घटाउने निर्णय गरेको थियो । कोभिड–१९ को संक्रमण रोक्न विश्वका आधाभन्दा बढी राष्ट्रले ‘लकडाउन’ वा यातायातलगायत प्रतिबन्ध गरेका कारण र विश्वका अधिकांश विमान कम्पनीले आफ्ना विमान ग्राउन्डेड गरेका कारण पनि विश्वभर तेलको माग निकै कम भएपछि आपूर्तिमा समेत प्रभाव परेकै कारण तेलको मूल्यमा भारी गिरावट आएको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित : चैत्र १८, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?