१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तरुण दलको परिपत्र : विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्‍न भूमिका खेल्नू

अलपत्र परेकालाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्नू

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)को संक्रमण खतरालाई मध्यनजर गर्दै जारी लकडाउनलाई सहयोग गर्दै अलपत्र परेका यात्रुलाई सहयोग गर्न र विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्‍न भूमिका खेल्न प्रतिपक्षी कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष जीतजंग बस्‍नेतले जिल्ला सभापतिहरूका नाममा परिपत्र जारी गरेका छन् ।

तरुण दलको परिपत्र : विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्‍न भूमिका खेल्नू

अध्यक्ष बस्‍नेतले मंगलबार परिपत्र जारी गर्दै मुलुक र जनताले भोगिरहेको कठिन परिस्थितिमा आफू पनि सुरक्षित रहेर सक्दो सहयोग गर्न भनेका छन् । 'लकडाउन अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न/गराउनको लागि जिल्ला अध्यक्षहरूलाई यो परिपत्र गरिन्छ,' परिपत्रमा भनिएको छ ।

'बाहिरी मुलुकबाट आएका व्यक्तिहरू क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने,' बस्नेतले भनेका छन्, 'लकडाउनका कारण आफनो गन्तव्यसम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरूलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने ।'

सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन पनि ७७ वटै जिल्ला अध्यक्षहरूलाई भनिएको छ । खाद्यान्न, तरकारी, दुध, औषधि, पानी लगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले त्यसमा सहजीकरणको भूमिका खेल्न पनि भनिएको छ । मजदुरहरूलाई सहयोग गर्न, भारतसँगको सीमामा अलपत्र परेकालाई प्रशासनसँगको समन्वयनमा स्वदेश भित्रिने वातावरण बनाउन पनि अध्यक्ष बस्नेतले जिल्लाका कार्यकर्ताहरूलाई भनेका छन् ।

प्रकाशित : चैत्र १८, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?