प्रहरीलाई ‘खाजा-पानी’

चैत्र १८, २०७६

कान्तिपुर संवाददाता

खोटाङ — कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउन पलना गराउन खटिएका प्रहरीलाई नेपाल निर्माण व्यवसायी संघ खोटाङले मंगलबार बिहान खाजा र पानी उपलब्ध गराएको छ । 

२४ घण्टा काममा खटिने प्रहरीले खाजा–पानीको अभावमा समस्या भएपछि आफूहरुले उपलब्ध गराएको नेपाल निर्माण व्यवसायी संघ खोटाङका संरक्षक कुमार आचार्यले बताए ।


खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले खाजा–पानी भन्दा पनि कोरोना संक्रमण विरुद्ध लड्न भावनात्मक रुपमा सहयोग भएको बताए । उपलब्ध गराइएको खाजा–पानी ड्युटीमा खटिने प्रहरी र अप्ठेरोमा परेका सर्वसाधारणलाई दिने डीएसपी गौतमले सुनाए । व्यवसायी संघले ५० कार्टुन चाउचाउ, ५० कार्टुन पानी, ४० कार्टुन जुस र ७५ थान मास्क उपलब्ध गराएको हो ।  

कान्तिपुर

Link copied successfully