बर्दिया — कोभिड–१९ को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार बिहानदेखि निषेधाज्ञा जारी गरेको छ । सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न र सम्भावित संक्रमण फैलिन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको बताए । निषेधाज्ञा अवधिभर आपातकालीन वा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, नचलाउन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ ।
निषेधाज्ञाको उल्लंघन गरिए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन अनुसार कारबाही चलाउने भनिएको छ । लकडाउनको उल्लंघनको क्रियाकलाप बढेपछि यसलाई नियन्त्रणमा ल्याउन गृह प्रशासनको निर्देशन अनुसार निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
