कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित ९६ वर्षीया महिला निको भइन्

एजेन्सी

सोल — दक्षिण कोरियामा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित ९६ वर्षीया महिला पूर्ण रुपमा निको भएकी छिन् । कोभिड–१९ बाट संक्रमितमध्ये निको हुने सबैभन्दा पाको उमेरकी व्यक्तिसमेत हुन् ।

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित ९६ वर्षीया महिला निको भइन्

देइगु सहरको चेङ्दो क्षेत्रमा बस्ने ९६ वर्षीया ह्वाङ बुधबारबाट पूर्ण रुपमा निको भएको कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चेङ्दो कोरोना संक्रमणका हिसाबले अतिप्रभावित क्षेत्र हो ।


मार्च १३ मा स्वास्थ्य परीक्षण गराउँदा ह्वाङलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पोहाङ पब्लिक क्लिनिकमा उनको उपचार भएको हो । उनी अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी छिन् । उनी छोरासँग बस्दै आएको पनि कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।


कोरोना भाइरसको संक्रमणको जोखिम वृद्धवृद्धालाई बढी हुने चिकित्सकहरुले बताउँदै आए पनि ९० वर्षमाथिका थुप्रै व्यक्ति निको भएका छन् ।


सुरुमा चीनपछि सबैभन्दा बढी दक्षिण कोरियामा कोरोनाको प्रभाव देखिए पनि सरकारले अपनाएका कदमहरु प्रभावकारी भएकाले अहिले नियन्त्रणउन्मुख रहेको बताइएको छ । बिहीबार दिउँसोसम्म कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार २ सय ४१ पुगेको छ । त्यस्तै १३१ को मृत्यु भएको छ भने ४ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?