कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा कोरोना नियन्त्रणमा खट्नेलाई पचास लाखको बिमा

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत सरकारले विश्वव्यापी महामारी लिएको कोरोना भाइरस(कोभिड–१९) को नियन्त्रणमा आफ्नो ज्याननै जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मी, चिकिस्तक, स्वयंसेविका, नर्सलगायतका जनशक्तिलाई लक्षित गर्दै विशेष बिमा योजना ल्याएको छ । 

भारतमा कोरोना नियन्त्रणमा खट्नेलाई पचास लाखको बिमा

जसअन्तर्गत त्यसरी खटिएका प्रत्येकको पचास लाख भारतीय रुपैयाँसम्मको बिमा गरिने भएको छ । विश्वभरि नै कोरोना संक्रमणमा खटिएका जनशक्तिको व्यक्तिगत सुरक्षालाई लिएर प्रश्न उठिरहेका बेला भारतले बिमा योजना अघि सारेको हो ।


यो योजनाबाट करिब २० लाख जना लाभान्वित हुने बताइएको छ । भारतकी अर्थ मन्त्री निर्मला सितारमणले बिहीबार पत्रकार सम्मेलनमार्फत् यसको घोषणा गरेकी हुन् । उनी कोरोना महाव्याधीबाट पर्ने अध्ययनका लागि गठित विशेष कार्यदलकी संयोजक हुन् ।

प्रकाशित : चैत्र १३, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?