१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विश्‍वकप लिग २ अन्तर्गत नेपालले खेल्ने दुईवटा त्रिकोणात्मक सिरिज स्थगित 

एजेन्सी

दुबई — कोरोना भाइरस(कोभिड–१९)को प्रभावका कारण नेपालले खेल्ने दुई वटा त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आफ्नो हरेक गतिविधि ३० जुन सम्मका लागि स्थगित गरेसागै नेपालको खेल पनि स्थगित भएको हो । 

विश्‍वकप लिग २ अन्तर्गत नेपालले खेल्ने दुईवटा त्रिकोणात्मक सिरिज स्थगित 

कोरोनाको प्रभावका कारण यसअघि नै अमेरिकामा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भइसकेको छ । आईसीसीले कोरोनाको प्रकोपको कारण अन्य थप सिरिजहरु पनि स्थगित गरेको छ ।

यसैअन्तर्गत नेपालले खेल्ने दुईवटा सिरिज स्थगित भएको हो । जसमा अप्रिल २० देखि २७ सम्म हुने भनिएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको खेल स्थगित गरिएको हो ।

यस्तै २०२१ मा हुने भनिएको आइसीसी ट्वान्टी–२० वर्ल्डकपअन्तर्गत ६ रिजन क्वालिफाइङ इभेन्ट पनि स्थगित गरिएको हो ।

प्रकाशित : चैत्र १३, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?