भारतबाट आएका २१ लाई क्वारेन्टाइनमा
उदयपुर — भारतको सिलिगुडीबाट काँकडभिट्टा हुँदै उदयपुरको ताप्ली गाउँपालिका हिँडेका २१ जनालाई कटारी नगरपालिका–१ वेलसोतस्थित क्वारेन्टाइनमा राखिएको छ । कटारी बजार आइपुगेका उनीहरुलाई कटारी अस्पतालमा स्वास्थ्य जाँचपछि नेपाली सेनाको रणशार्दुल गणले ब्यारेक खाली गरेर बनाएको क्वारेन्टाइनमा पठाइएको हो ।
भारतको सिलिगुडीबाट १५ र बिहार तथा दिल्लीबाट आएका समेत गरी २१ जनाको स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले वताए ।
स्थानीय प्रशासनसँग छलफलपछि ती २१ जनालाई क्वारेन्टाइनमा राखिएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । नगरपालिका र उदयपुर उद्योग वाणिज्य संघ कटारीले क्वारेन्टाइमा राखिएकालाई आवश्यक सहयोग गर्ने छन् । आवश्यक चिकित्सक लगायतका सहयोगका लागि प्रदेश सरकारलाई जानकारी गराइएको छ ।
बाटोमा आउने क्रममा सोधीखोजी गर्दा भारतको विभिन्न ठाउँबाट आएको जनाएपछि स्वास्थ्य परिक्षण गराइएकोलागि कटारी अस्पताल पाठाइएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक प्रेमसागर केसीले बताए ।
प्रकाशित : चैत्र १३, २०७६ १२:४३

प्रतिक्रिया