३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुटवलबाट ६ जनाको स्वाब परीक्षणका लागि पठाइयो

सन्जु पौडेल

(तिलोत्तमा) — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखिएका शंकास्पद ६ बिरामीको स्वाब परीक्षणका लागि बिहीबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

बुटवलबाट ६ जनाको स्वाब परीक्षणका लागि पठाइयो

लकडाउनले स्वाब पठाउन समस्या भएपनि डब्लूएचओसँगको सहकार्यमा गाडीबाट स्वाब पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले बताए ।

उक्त अस्पतालमा अर्घाखाँचीका २, दाङका १ र रुपन्देहीका ३ गरी छ जनालाई धागो कारखानामा रहेको अस्थायी आईसोलोसन अस्पतालमा राखिएको उनले जनाए ।

साथै डा. थापाले अहिलेसम्म पनि स्वास्थ्यकर्मीले पर्याप्त आवश्यक सामाग्री नपाउँदा स्वास्थ्य जोखिम बढेको बताए ।

‘जिम्मेवारी एकातिर, डर एकातिर, अप्ठ्यारोमा छौं,’ उनले भने, ‘थोरै मात्रामा पीपीई आउँदा एकैपटकको प्रयोगमा सकिएको छ ।’ स्वास्थ्यकर्मीलाई यो अवस्थाले त्रसित बनाएको उनले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?