कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण : कर्णाली सरकारको ध्यान अब गाउँतिर

कलेन्द्र सेजुवाल

काठमाडौँ — कर्णाली प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गर्दै गाउँमा कोरोना प्रतिकार्य योजना तीव्र बनाउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको मन्त्री तथा सचिवहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमण : कर्णाली सरकारको ध्यान अब गाउँतिर

सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हालसम्मका भएका कार्यको समीक्षा गर्दै अबको प्रतिकार्य योजना गाउँमा केन्द्रित गर्ने निष्कर्ष निकालिएको बताइन् । ‘संक्रमित मुलुकबाट आएका धेरै मान्छेहरु गाउँमा पुगेका छन्, यसले गर्दा स्थानीय तहसँग समन्वय गर्दै त्यहाँ प्रतिकार्य योजना प्रभावकारी रुपमा अघि बढाउने निर्णय भएको छ,’ उनले भनिन्, ‘बाहिरबाट गाउँमा पुगेका व्यक्तिको स्वास्थ्य परीक्षण गरिनुका साथै सचेतना कार्य सञ्चालन गरिनेछ ।’ बिहीबारै मन्त्रिपरिषद् बैठक बसेर प्रतिकार्यका थप निर्णय गर्न लागिएको उनले बताइन् ।


भारतसहित संक्रमित मुलुकबाट आएका स्थानीयहरु निर्वाध रुपमा गाउँमा पुगिसकेका छन् । सरकारले वीरेन्द्रनगरको खुलामञ्चमा ४ सय बेड क्षमताको क्वारेन्टाइन बनाए पनि सञ्चालनमा आइसकेको छैन । मंगलबार र बुधबार गरेर १ सय २ जनालाई होटल र एक संस्थाको होस्टेलमा क्वारेन्टाइनमा राखिएको छ ।


खुलामञ्चको क्वारेन्टाइन आज (बिहीबार)देखि सञ्चालनमा ल्याइने उनले जानकारी दिइन् । प्रदेश अस्पतालसहित प्रदेशका अन्य अस्पतालको लागि आवश्यक पर्ने सामग्री ल्याउनको लागि प्रक्रिया थालिसकिएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १३, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?