कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाटन अस्पतालमा यसरी बन्दैछ ‘पीपीई’ (फोटो) 

तस्बिर : इलिट जोशी

काठमाडौँ — कोभिड १९ संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिग सुरक्षा उपकरण (पीपीई) को अभाव भइरहेका बेला पाटन अस्पतालले भने आफैं यसको निर्माण थालेको छ ।

पाटन अस्पतालमा यसरी बन्दैछ ‘पीपीई’ (फोटो) 

संक्रमितको उपचारमा खटिने भएकाले चिकित्सक तथा नर्सहरु बढी खतरामा पर्ने मानिन्छ ।

पीपीई सेटको अभाव भएपछि अस्पतालले एक सातादेखि आफैं यसको निर्माण थालेको हो । यसका लागि आवश्यक पर्ने बुट, गाउन र क्यापलगायतका सामाग्री बनाउन थालिएको हो । बजारमा उपलब्ध तथा विश्व स्वास्थ्य संगठनले दिएका सामाग्रीहरु हेरेर त्यसैअनुसार निर्माण गरिएको पाटन अस्पतालका हाउसकिपिङका प्रमुख मोहन पौडेलले बताए ।

निर्माणका लागि अस्पतालका चारजना स्टाफ खटाइएका छन् । सिलाई बुनाईको काम गर्दै आएका उनीहरुले दिनमा ८ देखि १० वटा सेट उपत्पादन गरिरहेका छन् । ‘हाललाई हामीलाई ४० वटा जति सेट आवश्यक छ, विरामी बढे पनि आवश्यकता पनि बढ्छ,’ पौडेलले भने । उनका अनसार चस्माबाहेक सबै सामाग्री अस्पतालले उत्पादन गरिरहेको छ ।

उनका अनुसार यी गाउनहरु हावा र पानी नछिर्ने खालका छन् । अस्पतालको इन्फेक्सन कन्ट्रोल कमिटीको निगरानीमा सबै बनाइएको उनले बताए । हरेक दिन प्रयोग गरेपछि यी सामाग्रीलाई केमिकल प्रयोग गरी धुने गरिएको पनि उनले जानकारी दिए । यिनको प्रयोगशालामा परीक्षण भने भएको छैन ।

अस्पतालका स्वास्थ्यकर्मीहरु र सफाइ कर्मचारीहरुले यो पीपीईंको प्रयोग गरिरहेका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?