कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिहारको पटनामा कोरोना संक्रमणबाट ३८ वर्षीय व्यक्तिको मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारतको बिहार राज्यको राजधानी पटनामा एक जना व्यक्तिको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

बिहारको पटनामा कोरोना संक्रमणबाट ३८ वर्षीय व्यक्तिको मृत्यु

एम्स अस्पताल, पटनामा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको थियो । शनिबार नै मृत्यु भए पनि उनको परिक्षण रिपोर्ट आज आउँदा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । कतारबाट फर्किएका ३८ वर्षीय ती व्यक्तिसँगै एम्समा उपचाररत अर्को एक महिलामा पनि संक्रमण रहेको पुष्टि भएको छ ।

बिहारको मुंगेर निवासी ती व्यक्तिमा पहिले नै मिर्गौलासम्बन्धी रोग पनि भएको चिकित्सकहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार नै महाराष्ट्रमा एक जना ६३ वर्षीय व्यक्तिको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ । आइतबार दिउँसोसम्म भारतमा कोभिड-१९ संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

कोभिड-१९ संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि भारतका कैयौं राज्यमा लकडाउन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतभर जनता कर्फ्यु पालना गरिएको छ । प्रधानमन्त्री मोदीको आह्वानको समर्थन गर्दै नागरिक घरबाट बाहिर निस्किएका छैनन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमण अहिलेसम्म विश्वका १८० भन्दा बढी देशमा फैलिइसकेको छ । आइतबार दिउँसोसम्म भाइरसको संक्रमणबाट १३ हजार ६९ को मृत्यु भइसकेको छ भने ३ लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै संक्रमितमध्ये ९५ हजारभन्दा बढी निको भइसकेका छन् ।

प्रकाशित : चैत्र ९, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?