पाँच दिनमा ५ लाख २६ हजार ७६४ जनाले उपत्यका छाडे

विमल खतिवडा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्नेको संख्या दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ५ लाख २६ हजार ७ सय ६४ जनाले उपत्यका छाडिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म ५६ हजार ६ सय ४७ जनाले उपत्यका छाडेका छन् ।

यही दिन ९ हजार ४ सय २७ जना उपत्यका भित्रिएका छन् । त्यस्तै आइतबार बाहिरिने यात्रु बसको संख्या ८ हजार ९ रहेको छ भने भित्रिनेको संख्या ३ हजार ७ सय ५३ रहेको छ । सबै भन्दा बढी शनिबार १ लाख ८६ हजार ५ सय ४९ जनाले उपत्यका छाडेका छन् । सोमबारबाट लामोदुरीका सवारी सञ्चालनमा रोक लागउने सरकारको निर्णयले गर्दा बसपार्क र टिकट काउन्टरमा यात्रुको भिड बढेको हो । विद्यालय, कलेज बन्द भएपछि घर फर्कने बढी छन् ।

हेर्नुहोस्, उपत्यकाबाट कुन दिन कति यात्रु र सवारी साधन बाहिरिएः

बारउपत्यकाबाट बाहिरिने यात्रु संख्याउपत्यकाबाट बाहिरिने सवारी साधन संख्या
बुधबार९५,२४७
१७,५२४
बिहीबार८९,८०४
१६,८२४
शुक्रबार९८,५१७
१४,३३८
शनिबार
१,८६,५४९ २७,२६०
आइतबार(बिहान ६ देखि १० बजेसम्म)
५६६४७

८००९


प्रकाशित : चैत्र ९, २०७६ १३:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मन्त्रिपरिषद् बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आइतबार बस्ने मन्त्रिपरिषद बैठक मुख्यत: विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने स्रोतले बताएको छ । यस्तै अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आजको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवाहरुमा के के राख्ने भन्ने विषयमा पनि निर्णय गर्ने बताएका थिए ।

प्रकाशित : चैत्र ९, २०७६ १३:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×