मन्त्रिपरिषद् बैठक बस्दै

चैत्र ९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । 


आइतबार बस्ने मन्त्रिपरिषद बैठक मुख्यत: विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने स्रोतले बताएको छ । यस्तै अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आजको मन्त्रिपरिषद्  बैठकले अत्यावश्यक सेवाहरुमा के के राख्ने भन्ने विषयमा पनि निर्णय गर्ने बताएका थिए ।


कोरोना भाइरस

कान्तिपुर

Link copied successfully