कोरोना प्रकोप : इटालीमा शनिबार मात्रै ७ सय ९३ को मृत्यु, अहिलेसम्मकै बढी

चैत्र ९, २०७६

एजेन्सी

रोम — कोरोना भाइरस(कोभिड–१९) को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली र स्पेनमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोभिड–१९ संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

शनिबार मात्रै इटालीमा ७ सय ९३ जनाको मृत्यु भएको छ।

इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ जना काेराेनाबाट संक्रमित भएका छन् भने ४ हजार ८ सय २५ जनाकाे  मृत्यु भइसकेकाे छ । काेराेनाबाट निकाे हुनेहरु भने ६ हजार ७२ जना छन् ।

शनिबार मात्रै कहाँ कति मृत्यु?

इटाली– ७९३

स्पेन – २८८

इरान– १२३

फ्रान्स – ११२

अमेरिका– ४६

बेलायत– ५६

नेदरल्यान्ड्स – ३०

जर्मनी – १६

बेल्जियम – ३०

स्विजरल्यान्ड – २४

दक्षिण कोरिया – ८

चीन – ७

इन्डोनेसिया – ६

स्विडेन,टर्की – ४/१२ जना

डेनमार्क, पेरु– ४/१ जना

पोर्चुगल, अल्जेरिया – ६/४ जना 

ब्राजिल,ग्रिस – ७/३ जना

अर्जेन्टिना, बंगलादेश, बाेस्निया हर्जेगाेविना, चीली, साइप्रस, फिनल्यान्ड, घाना, आइसल्यान्ड, जापान, माैरिसस, मेक्सिकाे, पराग्वे, पेरु, फिलिपिन्स, पाेल्यान्ड, पुरेटाे रिकाे– १/१ जना

कोरोना भाइरस

एजेन्सी

Link copied successfully