नयाँ दिल्ली — दिनहुँ हजारौं सवारी साधन गुड्ने दिल्लीका सडकहरू सुनसान छन् । मूल सडक देखि भित्री गल्लीहरुमा समेत फाट्टफुट्ट मात्र सवारी साधन चलेका छन् । पसलहरु सबै बन्दछन्। मानिसहरूको ओहोरदोहोर पनि करिब छैन भन्दा हुन्छ । दिल्ली महानगरका बसहरू भने आंशिक रूपमा चलाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आव्हान गरेको जनता कर्फ्यु अन्तर्गत यसरी दिल्ली लगायत पुरै देश बन्द भएको हो । गत बिहीबार मोदीले देशबासीका नाममा सम्बोधन गर्दै सबैलाई आइतबार घरमै बसेर जनता कर्फ्युको पालना गर्न अव्हान गरेका थिए । भारतमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न मोदीबाट त्यस्तो आव्हान भएको थियो ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म तीनसय जना संक्रमित भइसकेका छन् । हालसम्म चारजना भारतीयको उक्त भाइरसबाट मृत्यु भइसकेको छ ।
यो पनि पढ्नुहोस् :
