३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सीमा नाकाबाट भित्रिएका नेपालीलाई सेल्फ क्‍वारेन्टाइनमा राख्‍न गृहको परिपत्र

क्वारेन्टाइन बसे–नबसेको अनुगमन गर्न पनि निर्देशन
मातृका दाहाल

काठमाडौँ — सरकारले भारतीय सीमाबाट भित्रिएका सबै नेपाली नागरिकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने गरी व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । त्यस्ता नागरिकको निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबार निर्देशन दिइएको हो ।

सीमा नाकाबाट भित्रिएका नेपालीलाई सेल्फ क्‍वारेन्टाइनमा राख्‍न गृहको परिपत्र

गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार आइतबार देशभरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिपत्र गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि त्यस्तो निर्देशन दिइएको छ ।

गृहको परिपत्र अनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्‍ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउने व्यवस्था गर्न निर्देशन दिइएकाे अधिकारीले बताए ।

सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे-नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले आइतबार निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?