कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : इरानमा मृतकको संख्या १२ पुग्यो, अफगानिस्तान, कुवेत र बहराइनमा पनि संक्रमण

एजेन्सी

काठमाडौँ — कोरोना भाइरसका कारण इरानमा थप ४ जनाको मृत्यु भएको छ । इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार सोमबारसम्म कोरोना भाइरसका कारण इरानमा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्री असदुल्लाह अब्बासीलाई उद्धृत गर्दै आईएसएनएले इरानमा ४७ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । 

कोरोना प्रकोप : इरानमा मृतकको संख्या १२ पुग्यो, अफगानिस्तान, कुवेत र बहराइनमा पनि संक्रमण

अफगानिस्तान, कुवेत र बहराइनमा पनि संक्रमण

अफगानिस्तानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै एएफपीले कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको जनाएको छ । त्यस्तै कुवेत र बहराइनमा पनि कोरोना संक्रमण देखिएको छ । कुवेतमा तीन र बहराइनमा एक जना व्यक्तिमा कोरोनाको संक्रमण दृेखिएको एएफपीले जनाएको छ ।

आइतबार मात्रै चीनमा थप १५० को मृत्यु

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार आइतबार मात्रै थप १५० जनाको मृत्यु भएको छ । त्यस्तै थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार हुबेईमा एक जना र बाँकीको हैनान प्रान्तमा मृत्यु भएको पनि स्वास्थ्य आयोगले जानकारी दिएको छ । सोमबार बिहानसम्म चीनमा २५९३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै चीनबाहिर इरानमा १२, दक्षिण कोरियामा ७, जापानमा ४(डायमन्ड क्रुजका तीन जनासमेत), इटालीमा ४, हङकङमा २ जना र फिलिपिन्स, फ्रान्स र ताइवानमा एक–एक गरी ३२ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ७७ हजार बढी र विश्वका विभिन्न मुलुकमा २ हजारभन्दा बढी गरी ७९ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २९ हजारभन्दा बढी निको भएको पनि विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?