चीनबाट आउने फ्रान्सेलीलाई छुट्टै गाउँमा राखिने

फाल्गुन ८, २०७६

कान्तिपुर संवाददाता

पेरिस — चीनबाट आफ्नो देश फर्किने नागरिकलाई फ्रान्स सरकारले छुट्टै गाउँमा राख्ने भएको छ । कोरोना भाइरस लागेको हुनसक्ने आशंकाले चीन, खासगरि वुहानबाट फ्रान्स फर्किनेहरुलाई भिल सुर मेर समुद्रीतटको काल्बादोस गाउँमा राखिने भएको हो ।

शुक्रबार वुहानबाट करिब ती दर्जन फ्रान्सेलीहरु फ्रान्स फर्किँदै गरेकाले उनीहरुलाई अन्य कतै म्पर्क हुन नदिनेगरि त्यहाँको होलिडे सेन्टर गाउँ खाली गरेर राखिने भएको हो फँस ब्लु नोरमदी अखबारका अनुसार परिवारको संख्या हेरेर उनीहरुलाई एक अर्कासित सम्पर्क नहुनेगरि छुट्टाछुट्टै घरमा राखिने कोरोना भारस लागेनलागेको यकिन गर्न दिनको दुईपटक कम्तिमा दुई हप्तासम्म उनीहरुको परिक्षण गरिने

उनीहरुलाई अलग्गै राख्न घना बस्ती भएको दोभिल काबुर्गबाट १५ किलोमिटरको दूरीमा रहेको काल्भादोस गाउँको करिब १२ हेक्टर जमिनको होलिडे सेन्टर खाली गरिएको हो त्यहाँ रहुन्जेल उनीहरुलाई खेलकुद, व्यायाम लगायतका सुविधासहितका घरहरुको व्यवस्था गरिएको नोर्मदीको स्वास्थ्य विभागले बताएको

यसघि पनि फ्रान्स सरकारले चीनबाट आएका अन्य फ्रान्सेलीहरुलाई बाहिरी संसारसित सम्पर्क नहुनेगरि बुस दु रोनको एक छुट्टै गाउँमा राखेर रीक्षण गरेको थियो

फ्रान्समा हालसम्म कोरोना भारसबाट एक जनाको मृत्यु हुनुको साथै १२ जनामा कोरोना भारस फेला परेको चीनको हुबेइ प्रान्तबाट युरोप घुम्न आएका ८० वर्षी चिनिँया पर्यटक पेरिसस्थित विसा क्लोद बेर्ना अस्पतालमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो

कान्तिपुर

Link copied successfully