'चीनबाट उद्धार गरिएका १७५ जनामै कोरोनाको संक्रमण देखिएन'

फाल्गुन ७, २०७६

बुनु थारु

काठमाडौँ — चीनको हुबेइ प्रान्तबाट उद्धार गरी आइतबार बिहान नेपाल ल्याइएका १७५ जनामै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नेगेटिभ रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सो जानकारी दिएका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १७५ जनाबाट लिइएको र्‍यालको नमुनाको परीक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो ।

उनीहरु सबैजनाबाट लिइएको नमुनाको परिक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । प्रयोगशालाले हिजो साँझ सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले भने, 'हाललाई कसैमा पनि कोरोनाको संक्रमण देखिएन । अब फेरि १४ दिन पछि सबैबाट पुन: नमुना संकलन गरेर परीक्षण गरिने छ ।'


बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully