३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विश्व स्वास्थ्य संगठनद्वारा संयम रहन आग्रह

एजेन्सी

बेइजिङ — कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य संगठनले मंगलबार सबै देशलाई आग्रह गरेको छ । भाइरस संक्रमणका अधिकांश पीडितमा मध्यम खालको असर देखिरहेको भन्दै उसले संयम रहन भनेको हो ।

विश्व स्वास्थ्य संगठनद्वारा संयम रहन आग्रह

भाइरसका कारण मृत्यु हुनेको संख्यामा मंगलबार पुनः वृद्धि भएपछि चीनले जारी गरेको एउटा प्रतिवेदन उद्धृत गर्दै विश्व स्वास्थ्य संगठनले प्रकोप नियन्त्रणका नाममा भइरहेका अधिकतम गतिविधिप्रति पनि चासो व्यक्त गरेको छ । सार्स र मेर्सजस्ता भाइरसभन्दा कोरोना भाइरस कम प्राणघातक रहेको पनि उसले जनाएको छ ।


चीनका स्वास्थ्य अधिकारीले पहिलो पटक मंगलबार जारी गरेको प्रतिवेदनमा कोरोना भाइरस संक्रमितमा मध्यम खालको असर देखिन थालेको जनाइएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको तथ्यांकअनुसार ८० प्रतिशतभन्दा बढी संक्रमण नरम खालका छन् । संक्रमण पुष्टि भएका ७२ हजारभन्दा बढी संक्रमितमा भएका अध्ययनमा ८१ प्रतिशत बिरामीमा साधारण संक्रमण देखिएको उसले जनाएको छ । भाइरस जोखिममा सबैभन्दा धेरै बूढापाका र बिरामी रहेको केन्द्रको प्रतिवदेनमा उल्लेख छ ।


संक्रमितमध्ये मृत्यु हुनेको दर २.३ प्रतिशत रहेका र ३० देखि ४० वर्षभित्रका मानिसको मृत्युदर एक प्रतिशतभन्दा कम रहेको अध्ययनमा भनिएको छ । असल साथ, राम्रो उपचार र पौष्टिक आहार प्राप्त भयो भने ८५ प्रतिशत संक्रमितको स्वास्थ्यमा सुधार आउने चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रख्यात विज्ञ झोङ नान्सानले सञ्चारकर्मीसँग बताए ।

प्रकाशित : फाल्गुन ६, २०७६ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?