कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोरोना भाइरसको परीक्षण ‘१५ मिनेटमै’

एजेन्सी

बेइजिङ — चीनको नान्‍काई विश्वविद्यालयले १५ मिनेटमै नोवल कोरोना भाइरस परीक्षण गर्न सकिने ‘टेस्ट किट’ को विकास गरेको घोषणा गरेको छ ।‘टेस्ट किट’ लाई नोवल कोरोना भाइरस (२०१९–एनसीओभी आईजीएम/आईजीजी एन्टिबडी डिटेक्सन किट) नाम दिइएको छ ।

कोरोना भाइरसको परीक्षण ‘१५ मिनेटमै’

उत्तरी चीनको तियान्जिनस्थित नान्‍काई विश्वविद्यालयसहित चिनियाँ विज्ञ रबायोफर्मासेटिकल कम्पनीको समूहले नयाँ किटको विकास गरेका हुन् । किटमै हुने फास्ट टेस्ट कार्डले १५ मिनेटमैभाइरस पत्ता लगाउन सक्ने विश्वविद्यालयले उल्लेख गरेको छ ।

किटले भाइरस परीक्षणको समय न्यूनीकरण गर्ने र शंकास्पद बिरामीलाई छिट्टै सेवापुग्ने विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ । हाल न्युक्लिक एसिड डिटेक्सन पदार्थमार्फत भाइरसपरीक्षण भइरहेको छ । जसले गर्दा संक्रमित पुष्टि हुनै समय लाग्ने गरेको छ ।नान्काई विश्वविद्यालयले नयाँ परीक्षण किट कोरोना संक्रमणको रोकथाम र नियन्त्रणअभियानमा चाँडै प्रयोग हुने विश्वास व्यक्त गरेको छ । गत साता चीनको विज्ञान तथाप्रविधि मन्त्रालयले विभिन्न अनुसन्धान प्रोजेक्टलाई चाँडै नै कोरोना संक्रमणपुष्टि गर्ने खालको परीक्षण किट विकासका लागि काम गर्न अनुरोध गरेको थियो ।

नोवल कोरोना भाइरसका कारण हालसम्म चीनमा एक हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । यसबाहेकफिलिपिन्स, ताइवान, हङकङ, फ्रान्स र जापानमा एकएक जना गरी पाँच जनाको मृत्यु भएको छ । चीनमा मंगलबार बिहानसम्म संक्रमितको संख्या७ हजार ४ सय २९ पुगेको छ । यसबाट संक्रमितमध्येनिको हुनेको संख्या १२ हजार नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले केहीदिनयता कोरोनाभाइरसबाट संक्रमित हुने र यसबाट ज्यान गुमाउनको संख्यामा कमी आएकोबताएको छ ।

कोरोना भाइरस प्रकोप नियन्त्रण प्रयासस्वरूप हुबेईको प्रादेशिक राजधानीवुहानमा मानिसका गतिविधिमा थप कडाइ गरिएको छ । आपत्कालीन अवस्थामाबाहेक घरबाहिरनजान भनिएको छ र निजी सवारीसाधन प्रयोगमा थप कडाइ गरिएको छ । खाद्यान्नलगायतअत्यावश्यक सामान किन्न एउटा परिवारका एक सदस्यमात्रै प्रत्येक तेस्रो दिन बाहिरनिस्कन पाउने नियम पनि जारी गरिएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?