कोरोना प्रकोप : संक्रमित र मृतकको संख्या घट्दै गएको चीनको दाबी

मृतकको संख्या १७ सय नाघ्याे, ७१ हजार बढी संक्रमित

फाल्गुन ५, २०७६

एजेन्सी

बेइजिङ — चीनले कोरोना भाइरसको नयाँ संक्रमित संख्या घटेको बताएको छ । लगातार तीन दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको उसले जनाएको हो ।

रोग नियन्त्रणबारे सरकारले चालेका ठोस प्रयासले काम गर्न थालेको उनीहरूको दाबी छकोरोना भाइरस संक्रमण फैलन नदिन चीनले चालेका कदमले बिस्तारै प्रभाव देखाउन थालेको छ,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए

आइतबार चीनमा १०५ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य आयोगका अनुसार कारोनाका कारण शनिबार चीनमा १४२ जनाको मृत्यु भएको थियो भने थप दुई हजार नौमा संक्रमण पाइएको थियो अघिल्लो दिन शुक्रबार १४३ जनाको मृत्यु भएको थियो दुई हजार ६४१ नयाँ संक्रमित पुष्टि भएका थिए

हालसम्म कोरोना भाइरस संक्रमणबाट चीनभर ७१ हजार ३२६ संक्रमित भएका छन् भने मृतकको संख्या १ हजार ७७५ पुगेको छ। चीनमा मात्रै एक हजार ७ सय ७० जनाको मृत्यु भएको छ ।  चीनबाहिर करिब ३० देशमा लगभग पाँच सय संक्रमित पाइएका छन्

कोरोना संक्रमितमध्ये १० हजार ६१० जना निको भइसकेका छन्

कहाँ कति संक्रमित?

चीन-  १,७७० मृत्यु, ७०,५४८ संक्रमित

हङकङ- १ मृत्यु, ५७ संक्रमित

जापान- १ मृत्यु, ४१२ संक्रमित

फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित

फ्रान्स- १ मृत्यु, १२ संक्रमित


संक्रमित मात्रै

मकाउ- १०

सिंगापुर- ७५

थाइल्यान्ड- ३४

दक्षिण कोरिया- २९

मलेसिया- २२

ताइवान- १८

भियतनाम- १६

जर्मनी- १६

अमेरिका- १५

अस्ट्रेलिया- १५

बेलायत- ९

यूएई-

क्यानडा- ८

भारत- ३

इटाली- ३

रुस- २

स्पेन- २

बेल्जियम- १

नेपाल- १

श्रीलंका- १

स्वीडेन- १

कम्बोडिया- १

फिनल्यान्ड- १

इजिप्ट- १

एजेन्सी

Link copied successfully