कोरोना प्रकोप : इरानमा दुई जनाको मृत्यु, मृतकको संख्या २१०० नाघ्यो

चीनमा बुधबार ३९२ जनामा मात्रै संक्रमण

फाल्गुन ८, २०७६

एजेन्सी

बेेइजिङ — कोरोना भाइरस(कोभिड–१९) का कारण बुधबार दुई जना इरानी नागरिकको मृत्यु भएको छ । इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ ले राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणमा रहेको कोमका दुई जना वृद्धको मृत्यु भएको बताएको छ ।

मृत्यु हुनेहरुको बारेमा विस्तृत जानकारी भने गराइएको छैन । डिसेम्बरबाट विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो । 

यसैबीच बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय २६ पुगेको छ । बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्म चीनमा २ हजार एक सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै हङकङ र इरानमा २-२ जनाको मृत्यु भएको छ । फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । 

बुधबार चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ । बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ । मंगलबार भने करिब एक हजार ७ सयमा कोरोनाको संक्रमण देखिएको थियो ।

कहाँ कति संक्रमित, कहाँ कति मृत्यु ?

 

देश जम्मा संक्रमितनयाँ संक्रमितजम्मा मृत्यु नयाँ मृत्युनिको हुनेगम्भीर
चीन७४,५७७+३९२२११८११४१६२३३१२०१७
डायमन्ड क्रुज६२१+७९  १७२८
जापान८४+१० २०
सिंगापुर८४+३  ३४
दक्षिण कोरिया८२+५१  १६ 
हङकङ६५+३+१
थाइल्यान्ड३५   १७
ताइवान २३+१  
मलेसिया२२   १५ 
जर्मनी१६    
भियतनाम१६   १४ 
अस्ट्रेलिया१५   १० 
अमेरिका१५    
फ्रान्स१२   
मकाओ१०    
बेलायत    
यूएई


क्यानडा



फिलिपिन्स


भारत



इटाली



इरान+२+२

रुस



स्पेन



बेल्जियम    
कम्बोडिया    
इजिप्ट    
नेपाल    
श्रीलंका    
स्विडेन    
फिनल्यान्ड


 

स्रोत : चिनियाँ स्वास्थ्य आयोग, विश्‍व स्वास्थ्य संगठन र विभिन्‍न न्युज एजेन्सी

एजेन्सी

Link copied successfully