१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोना प्रकोप : इरानमा दुई जनाको मृत्यु, मृतकको संख्या २१०० नाघ्यो

चीनमा बुधबार ३९२ जनामा मात्रै संक्रमण
एजेन्सी

बेेइजिङ — कोरोना भाइरस(कोभिड–१९) का कारण बुधबार दुई जना इरानी नागरिकको मृत्यु भएको छ । इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ ले राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणमा रहेको कोमका दुई जना वृद्धको मृत्यु भएको बताएको छ ।

कोरोना प्रकोप : इरानमा दुई जनाको मृत्यु, मृतकको संख्या २१०० नाघ्यो

मृत्यु हुनेहरुको बारेमा विस्तृत जानकारी भने गराइएको छैन । डिसेम्बरबाट विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो ।

यसैबीच बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय २६ पुगेको छ । बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्म चीनमा २ हजार एक सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै हङकङ र इरानमा २-२ जनाको मृत्यु भएको छ । फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

बुधबार चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ । बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ । मंगलबार भने करिब एक हजार ७ सयमा कोरोनाको संक्रमण देखिएको थियो ।

कहाँ कति संक्रमित, कहाँ कति मृत्यु ?

देश जम्मा संक्रमितनयाँ संक्रमितजम्मा मृत्यु नयाँ मृत्युनिको हुनेगम्भीर
चीन७४,५७७+३९२२११८११४१६२३३१२०१७
डायमन्ड क्रुज६२१+७९ १७२८
जापान८४+१० २०
सिंगापुर८४+३ ३४
दक्षिण कोरिया८२+५१ १६
हङकङ६५+३+१
थाइल्यान्ड३५ १७
ताइवान २३+१
मलेसिया२२ १५
जर्मनी१६
भियतनाम१६ १४
अस्ट्रेलिया१५ १०
अमेरिका१५
फ्रान्स१२
मकाओ१०
बेलायत
यूएई


क्यानडा



फिलिपिन्स


भारत



इटाली



इरान+२+२

रुस



स्पेन



बेल्जियम
कम्बोडिया
इजिप्ट
नेपाल
श्रीलंका
स्विडेन
फिनल्यान्ड


स्रोत : चिनियाँ स्वास्थ्य आयोग, विश्‍व स्वास्थ्य संगठन र विभिन्‍न न्युज एजेन्सी

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?