कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एकैदिन २ हजार चिनियाँमा कोरोना भाइरस, मृतकको संख्या २५९ पुग्यो

भनिएको भन्दा धेरै संक्रमित हुन सक्‍ने
एजेन्सी

बेइजिङ — चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार एकैदिन कोरोना भाइरसको संक्रमण थप दुई हजारभन्दा बढी व्यक्तिमा देखिएको छ । शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

एकैदिन २ हजार चिनियाँमा कोरोना भाइरस, मृतकको संख्या २५९ पुग्यो

हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुनुभन्दा पनि झन्झन् फैलिँदैे गएको छ । चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकटकालघोषणा गरेको छ । जेनेभामा बिहीबार बसेको डब्लूएचओको आपत्‌कालीन बैठकले असाधारण घटनाका रुपमा व्याख्या गर्दै संकटकाल घोषणा गरेको हो ।

भनिएको भन्दा धेरै संक्रमित हुन सक्ने

चीनले आधिकारिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने हङकङका अनुसन्धानकर्ताले जनाएका छन् । हङकङका अनुसन्धानकर्ताले शुक्रबार प्रकाशित गरेको एउटा रिपोर्टअनुसार वुहानमा झन्डै ७५ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने जनाइएको छ ।

वुहानका नेपालीको पीडा : ‘बसूँ जोखिम, फर्कूं झनै जोखिम’

उनीहरुको रिपोर्टमा ३७ हजार ३ सय ४ देखि एक लाख ३० हजार ३ सय ३० जनाको बीचमा संक्रमितको संख्या हुन सक्ने बताइएको छ । सार्वजनिक गरिएको संख्याभन्दा धेरै संक्रमित हुन सक्ने सम्भावना छ । किनभने संक्रमित सबै स्वास्थ्य परीक्षणका लागि आएका छैनन्,’ अनुसन्धानकर्ता ग्याब्रियल लिउङले बताए ।

कोरोना भाइरस : वुहानका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई पठायो पत्र

यसैबीच स्पेनमा कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि भएको छ । शुक्रबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ला गोमेरामा एक जना व्यक्तिमा संक्रमण देखिएको हो ।

वुहानबाट नेपालीको उद्धार कहिले ?

कोरोना भाइरस विश्वका २ मुलुकमा देखिएको पुष्टि भइसकेको छ । तर, चीनमा बाहेक अन्यत्र भेटिएका संक्रमितको भने मृत्यु भएको छैन ।

कहाँ कति संक्रमित ?

जापान १४

थाइल्याण्ड १४

सिंगापुर १३

हङकङ १२

दक्षिण कोरिया ११

अस्ट्रेलिया

ताइवान

मलेसिया

मकाउ

फ्रान्स

अमेरिका

भियतनाम

जर्मनी

यूएई

क्यानडा

इटाली

बेलायत

क्याम्बोडिया

फिनल्याण्ड

भारत

नेपाल

फिलिपिन्स

श्रीलंका

स्पेन -१

प्रकाशित : माघ १८, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?