बेलायतमा पनि भेटिए २ कोरोना संक्रमित, इटालीमा आपतकाल घोषणा

मंगोलियाले रोक्यो चीनबाट आउने पर्यटक

माघ १७, २०७६

कान्तिपुर संवाददाता

बेलायतमा एकै परिवारका दुई सदस्यमा कोरोना भाइरसको संक्रमण फेला परेको इंग्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारीले घोषणा गरेका छन् । संक्रमितलाई न्यु क्यासलमा रहेको विशेष केन्द्रमा राखेर उपचार गरिँदै छ ।

कोरोना भाइरस रोकथामका लागि मंगोलियाले चीनबाट आउने चिनियाँ तथा अन्य पर्यटकहरुलाई आगामी मार्च २ सम्मका लागि प्रतिबन्ध लगाएको छ । यसैगरी शुक्रबार मात्रै इटाली सरकारले त्यहाँ आपतकाल घोषणा गरेको छ । इटालीमा कोरोना संक्रमण दुईजनामा फेला परेको छ ।

याे पनि पढ्नुहाेस् :

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully