कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना उपचारमा जाने डाक्टरलाई आफन्तले गरे रुँदै बिदाइ

बेइजिङ — कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आतंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ ।

कोरोना उपचारमा जाने डाक्टरलाई आफन्तले गरे रुँदै बिदाइ

शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण वुहानको खुला सडकमा एकजना व्यक्तिको शव भेटिएको छ । केही समय अगाडि चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको थियो । सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । यसैले पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरु भयभित देखिएका छन् । कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान सेन्टरमा सयाैं मेडिकल स्वयंसेवकहरु खटाइँदैछ ।

प्रकोपको रुप लिइरहँदा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहन चिकित्सकहरुलाई डर नलाग्ने कुरै भएन । वुहान सहरमा उपचारका लागि गइरहेका चिकित्सक तथा नर्सका आफन्तहरुले ती सहरमा पठाउनका लागि बिदाइ गर्दा आँसु थाम्न सकेनन् । केहीले त यो बिदाइलार्ईचेर्नोबिल सुसाइड मिसनसँग जोडेरसमेत हेरे ।

काेराेना प्रकाेप

एउटा भिडियो फुटेजमा आफन्तहरुले बिदाइका हात हल्लाइरहँदा उपस्थित भीडमा सबैजना भावविह्वल देखिन्छन् । सबैका आँखा टिलपिल देखिन्छन् । उनीहरु सुँक्सुकाइँरहेका छन् । एकअर्कालाई कसेर अँगालोमा बाँधिएका देखिन्छन् । कोरोना भाइरसको त्रासमा रहेका मानिसहरु कसरी हाँसीखुसी बिदाइ गर्न सक्लान् र ?

सन् १९८६ मा युक्रेनमा भएको विश्वकै सबैभन्दा भयानक आणविक दुर्घटनाको रुपमा लिइन्छ । त्यतिबेला न्युक्लियर रियाक्टर पड्किँदा त्यसको निकै असर परेको थियो । त्यहाँ फायरफाइटर पठाइँदा उनीहरुलाई पनि केमिकल रियाक्सनले असर गरेको थियो । वुहानको कोराना भाइरसको संक्रमितको उपचारका लागि जाने मेडिकल स्वयंसेवकहरुलाई कोरोना भाइरस सुसाइड मिसनको रुपमा व्याख्या गरिँदैछ ।

अमेरिकी नेता सोलोमन युले भिडियो ट्वीट गरेका छन् जसमा बस र रेलमा रहेका आफ्ना आफन्तहरुलाई रुँदै बिदाइ गरेको देखिन्छ । युले ट्वीटमा भनेका छन्– 'चेर्नोबिल फायरफाइटरजस्तै केही चिकित्सक तथा नर्सहरु पनि आफ्नो घर फर्कने छैनन् । यो उनीहरुका लागि कोरोना भाइरस सुसाइड मिसन हो, उनीहरुलाई ईश्वरले रक्षा गरुन् ।'

चाइना सेन्ट्रल टेलिभिजनमा सियानका एक चिकित्सकलाई श्रीमतीसँगको अन्तिम ब्रेकफास्ट भनेर एक भिडियोमा देखाइएको छ । उनी वुहान जान लागेका छन् । ४४ वर्षे डा. लि यु सियान जाउटङ युनिभर्सिटीका प्रमुख फिजिसियन हुन् । उनकी श्रीमती झाउ जिङ नर्स हुन्। साउका अनुसार उनका श्रीमान २००३ मा फैलिएको सार्सको महामारीमा पनि खटिएका थिए ।

डा. लि भन्छन्, ‘यदि तपाईंलाई रोगको बारेमा राम्रो जानकारी भएन भने डरलाग्दो हुन्छ । मैले यसबारेमा राम्ररी बताए अनि श्रीमतीलाई सम्झाउन सके‌ं ।' झाउ भन्छिन् म अझै पनि डराएकी नै छु । डा. युलाई बुबाले भिडियो कलमार्फत शुभकामना पनि दिएका छन् । आफ्नो ख्याल राख्नका लागि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ १७, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?