१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

कोरोना भाइरसको केन्द्र वुहानको सडकमै भेटियो शव

एएफपी

वुहान — कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण  पुरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् । 

कोरोना भाइरसको केन्द्र वुहानको सडकमै भेटियो शव

यसैबीच बिहीबार वुहानको खुला सडकमा एक जना व्यक्तिको शव भेटिएको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानको सडकमा एक हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको हो । कोरोनाको संक्रमण फैलिनुभन्दा पहिले भीडभाड हुने सडकमा ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन् ।

कोरोनाबाट २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

बिहीबार सबैभन्दा पहिले पत्रकारहरुले ती व्यक्तिको शव देखे । केही समयपछि शरीर पुरै छोपिने ‘प्रोटेक्टिभ सुट’ लगाएर प्रहरी र स्वास्थ्यकर्मीको टोली पुग्यो । उनीहरुको नीलो ब्ल्याङ्केटले ती व्यक्तिको शव ढाके । उनीहरुले सुपरमार्केटबाट कार्टुन बक्स ल्याएर शव छोपे ।

केही समयपछि एउटा सेतो भ्यान आएर पहेँलो ‘सर्जिकल ब्याग’मा शव उठाएर लगेको थियो । उनको शव रहेको ठाउँमा फोरेन्सिक टिमले केही स्प्रे छर्‍यो । कर्मचारीले सडक सफा गरे ।


एएफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही पुष्टि नभएको बताएको छ । उनी झन्डै ६० वर्षका देखिने एएफपीले जनाएको छ । शवको नजिकै उभिएकी एक महिलाले ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्ने बताइन् । ‘डरलाग्दो अवस्था छ । हिजोआज थुप्रै मान्छे मरिरहेका छन्,’ उनले भनिन् ।

कहाँ कति संक्रमित?

चीन - २१३ मृत्यु, ९६९२ संक्रमित

थाइल्यान्ड - १४ जना संक्रमित

हङकङ - १२ जना संक्रमित

जापान - ११ जना संक्रमित

सिंगापुर - १० जना संक्रमित

अस्ट्रेलिया, ताइवान - ९/९ जना संक्रमित

मलेसिया, मकाओ - ७/७ जना संक्रमित

अमेरिका, फ्रान्स, दक्षिण कोरिया - ६/६ जना संक्रमित

जर्मनी, यूएई - ४/४ जना संक्रमित

भियतनाम, क्यानडा इटाली - २/२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स, भारत - १/१ जना संक्रमित

कोरोना भाइरस के हो? कसरी जोगिने?

प्रकाशित : माघ १७, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?