१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा पनि कोरोना भाइरस

एजेन्सी

नयाँदिल्ली — भारतमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको पुष्टि भएको छ । बिहीबार भारतको स्वास्थ्य मन्त्रालयले केरलामा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

भारतमा पनि कोरोना भाइरस

चीनको वुहान विश्वविद्यालयमा अध्यननरत विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

त्यस्तै राजधानी नयाँ दिल्लीमा तीन जनालाई कोरोना भाइरसको संक्रमणको आशंकामा आरएमएल अस्पतालको आइसोलेसन वार्डमा निगरानीमा राखिएको छ ।

चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा १७० जनाको मृत्यु भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनका सबै प्रान्तमा यसको संक्रमण फैलिएको छ । बिहीबार बिहानसम्म ७ हजार ७ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण

चीनबाहेक विश्वमा विभिन्न देशमा ९० जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । चीनबाहिर भने यसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

कहाँ कति संक्रमित?

चीन - १७० मृत्यु, ७७७१ संक्रमित

थाइल्यान्ड - १४ जना संक्रमित

हङकङ, सिंगापुर - १० जना संक्रमित

ताइवान - ८ जना संक्रमित

मलेसिया अस्ट्रेलिया मकाओ - ७/७ जना संक्रमित

अमेरिका, फ्रान्स - ५/५ जना संक्रमित

जापान - ११ जना संक्रमित

जर्मनी, दक्षिण कोरिया, यूएई - ४/४ जना संक्रमित

भियतनाम, क्यानडा - २/२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, भारत, फिनल्यान्ड - १/१ जना संक्रमित

कोरोना भाइरस के हो? कसरी जोगिने ?

प्रकाशित : माघ १६, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?