नेपाली खेलकुदमा लामो र समृद्ध इतिहास रहेको खेल हो, एथलेटिक्स अर्थात् दौड । विशेषतः लामो दूरीको दौडमा दक्षिण एसियाली क्षेत्रमै नेपाल अब्बल छ । म्याराथनमा त नेपाल जहिल्यै अब्बल भइरह्यो । जितबहादुर केसीदेखि वैकुण्ठ मानन्धर अनि नयाँ पुस्ताका म्याराथन धावकले जहिल्यै अन्तर्राष्ट्रिय खेल मञ्चमा नेपालको नाम उच्च राखेका छन् । नेपालमै पनि लामो समयदेखि म्याराथनका प्रतियोगिता निरन्तर आयोजना भइरहेका छन् ।

एक दशकभन्दा बढी समयदेखि नियमित आयोजना भइरहेको प्रतियोगिता हो, कान्तिपुर हाफ म्याराथन । प्रतियोगिताको १४ औं संस्करण आगामी ५ वैशाख अर्थात् शनिबार आयोजना हुँदै छ । यसपल्टको कान्तिपुर हाफ म्याराथनको नारा छ, ‘रन फर नेपाल’ । यही पृष्ठभूमिमा हामीले म्याराथन, दौड र यस विधासाग जोडिएका पात्र र घटनालाई समेटेर आजको कोसेली तयार पारेका छौं ।

आमा, आर्मी र ओलम्पियन सरस्वती

सुदूरपश्चिम डडेलधुराबाट सुरु भएको सरस्वती (३२) को दौड हाल अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको छ । मध्यम दूरीमा देशको प्रतिनिधित्व गरिरहेकी उनले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा ८ सय र १५ सय मिटरमा रजत पदक जितिन् भने रियो ओलम्पिकमा सहभागिता जनाउँदै १५ सय मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान (४ः३३.९४) बनाइन् । यसअघि १९९० को एसियन गेममा राजकुमारी पाण्डेका नाममा उक्त कीर्तिमान थियो ।

Mother, Army and Olympian Saraswati

अल्ट्रा रेसमा चम्किरहेका दिदीबहिनी

जुम्लाका सुनमाया र राममाया बुढा दौडका उदीयमान खेलाडी हुन् । दुवै अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनरका रूपमा चिनिन थालेका छन्

Sisters shining in ultra races

कान्तिपुर हाफ म्याराथन : युवासँग जोडिने अवसर

यस वर्षदेखि कान्तिपुर हाफ म्याराथनतर्फ ‘एक्युरेट टाइमिङ’ निकाल्न चिप्स प्रयोग गर्न लागिएको छ । कान्तिपुर हाफ म्याराथन २१.१ किमिको हुनेछ भने कर्पोरेट एन्ड इन्फ्लुएन्सर रन ५ किमि, एक्स्ट्रिम कलेज रन ७ किमि र ह्विलचेयर रेस ३ किमिको हुनेछ । कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउनेछन्

Kantipur Half Marathon: An opportunity to connect with youth

त्यो अजम्बर '२ घण्टा १५ मिनेट ३ सेकेन्ड’

समग्र नेपाली खेलकुदमै वैकुण्ठ मानन्धरको प्रदर्शन अहिलेसम्म सर्वकालीन उच्च हो, उनले स्वर्ण पदकमा ह्याट्रिक पनि गरेका छन्

That strange '2 hours 15 minutes 3 seconds'

दौडकी 'रेकर्ड होल्डर'

स्वर्ण जितेको पहिचानबाट गोल्डेन गर्ल्स बनेकी धाविका सन्तोषी श्रेष्ठले एक वर्षमा चार फरक विधामा ५ कीर्तिमान स्थापित गरेकी छन्

Running 'record holder'

 गर्बिलो प्रदर्शन, समृद्ध इतिहास

दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसहित अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरूमा नेपाली धावकहरू म्याराथन सहभागितालाई गर्बिलो बनाएका छन्

Bold performance, rich history

वर्ल्ड म्याराथन मेजर्सका पारखीहरू

टोकियो, लन्डन, बोस्टन, सिकागो, न्युयोर्क र बर्लिन जस्ता विश्वका प्रिमियम म्याराथनमा दौडिने नेपालीको संख्या बाक्लिँदो छ, त्यसको तयारीमा दौडिँदा रिङरोडको २७ किलोमिटर दूरी पनि उनीहरूलाई छोटो लाग्दछ ।

Connoisseurs of the World Marathon Majors
Link copied successfully