यी अमर प्रेम कथाहरू

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।

‘भ्यालेन्टाइन–डे’ ले प्रेमको सर्वोच्चता स्वीकार्छ । तर, बजारमा प्रेम फेसन बढी भएको छ, जहाँ गहिराई खोजिँदैन मात्रै सतहमा तैरिनु यसको ‘सौन्दर्य’ को मानक बन्दैछ । र, प्रेम हृदयभन्दा बढी आर्चिस र हलमार्कका कार्डमा खोजिन थालेको छ । अहिले यो दिवसले बजारको एजेन्टको सात–दिने अवतार ग्रहण गरेको छ, जुन सुपरमार्केटका सोकेसमा विकाउ वस्तु बनको छ- रोज डे, टेड्डी डे, चकलेट डे, हग डे, किस डे, भ्यालेन्टाइन–डे बनेर । तर, प्रेमलाई त कुनै दिवस कुर्नुनपर्ने हो, हरेक दिन प्रेमोउत्सव हुनुपर्ने हो, जसले जीवनलाई कलापूर्ण बनाउँछ । प्रेममा विनिमय हुँदैन्, यो त बिनाशर्त गरिन्छ । यस्तै  प्रेम कथाको प्योकज हामीले आजको कोसेलीमा पस्किएका छौं।

ऋतु–सुरजको त्यो प्रेम

सुरज वैद्यसहितको समूहले बालमन्दिरको सहयोगार्थ अन्नपूर्ण होटलमा ‘होप ९३’ फेसन शो गरेको थियो, त्यहीं आएकी थिइन् मिस इन्डिया–१९९१ ऋतु सिंह । फेसन शोलगत्तै चिनजान भयो ।

यी अमर प्रेम कथाहरू

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ । सबैभन्दा प्रकट गरिने विषय नै प्रेम हो, सबैभन्दा लुकाइने पनि प्रेम । प्रकट गरिनु र लुकाइनुबिच ब्रह्माण्डमा नित्य यात्रारत छ— प्रेम ।

जमुना र मेरो त्यो बन्दीपुरे पिरती

उनी बन्दीपुर अस्पतालमा स्टाफ नर्स थिइन् । म पूर्वेली कुमाई, पाँचथरमा जन्मेको । उसबेला म बन्दीपुर हाईस्कुलमा अंग्रेजी पढाउँथें । बिछट्टको संयोगले जमुनाको र मेरो डेरा एउटै घरमा पर्‍यो । म माथिल्लो कोठामा बस्थेँ, उनी तल्लो कोठामा । यही संयोगले मेरो र जमुनाको संगत बढाइएको हो।

जलजला : मेरो जीवनको ऊर्जा

शान्तासँग मैले विवाह गरेको थिएँ तर प्रेम गर्न सकिनँ । जलजलालाई मैले प्रेम गरें तर उनको आसमयिक मृत्युका कारण उनीसित मेरो विवाह हुन सकेन । दुर्गासित प्रेम र विवाह दुवै भयो । उनको स्वभाव जलजलाको जस्तै छ । जलजलाको प्रेम र अभाव उनीद्वारा पूरा भएको छ ।

लक्ष्मी–जीवनको अन्तर्मनको प्रेम–यात्रा

अभिनेताहरू लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई लाग्छ— सम्बन्ध आखिर हरेक दिन मिलाउनुपर्ने सिरकजस्तै रहेछ, आज मिलाइएन भने त्यो भोलि फोहोर देखिन्छ

पुतली र लाउरासँग जंगबहादुरको त्यो प्रेम

पुतलीमैयाँ राजदरबारमा एक सुसारे थिइन् । जंगबहादुर सैन्य अफिसर भई राजदरबार प्रवेश गरेपछि पुतलीमैयाँसँग उनको माया–पिरती बस्यो । त्यही पिरतीले उनलाई देशकै सर्वोच्च स्थानमा मात्रै पुर्‍याएन, उनैले सुरु गरेको जहाँनियाँ राणा शासन १०४ वर्ष टिक्यो ।

भूपीको उपहार कान्तिलाई : आफ्नै आवाजको त्यो क्यासेट

मेरो बुबा भूपी शेरचन र मुमा कान्तिको प्रेम विवाह भएको थियो । म सोच्थें– कसरी होला ? फिल्मको हिरोले जस्तो बुबाले मुमाको कपालमा रातो गुलाफ लगाइदिएको कहिल्यै देखिनँ, न कहिले मुमा मस्किएकै देखें ।

‘प्रेमको प्रतीक’ रानीमहल

‘कमान्डर इन चिफ’ बाट पदच्युत गरेर पाल्पा गौंडा पठाइएका खड्गशमशेरले दिवंगत पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकी किनारमा चार वर्ष लगाएर भव्य महल बनाएका थिए, जुन रानीमहलका नामले ख्यातिप्राप्त छ।

Link copied successfully