आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षाका कारण निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको बताए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षाका कारण निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको बताए।
राजनीतिक विचारबिनाको दलविहीन राष्ट्रिय पञ्चायत निर्वाचन २०१९, २०२६, २०३५, २०३८ र २०४३ मा भएको थियो । स्थानीय पञ्चायतको चुनाव भने २०१८, २०२८, २०३२, २०३८ र २०४२ मा भएको थियो ।
२०१५ को निर्वाचन नेपालका लागि नयाँ अनुभव थियो । चुनाव चिह्न, भाषण, जुलुस र मतदान केन्द्र– मतदाताका लागि यी सबै नौला थिए । निरक्षर, किसान, मजदुरदेखि शिक्षित वर्ग सबैले मत अधिकारलाई राजनीतिक उत्सव जस्तै माने । निर्वाचनले नेपाली जनतालाई नागरिक बनायो, मतदातामा रूपान्तरण गर्यो र राज्य सधैं दरबार होइन, जनताबाट चल्नुपर्छ भन्ने सन्देश दिएको थियो ।
२००४ देखि २०७९ सम्म स्थानीय तहमा निर्वाचन हुादै आएको छ । यी निर्वाचनले गाउा–बस्तीमा लोकतन्त्रको अभ्यास पुर्यायो ।
निर्वाचन आयोगले आमनिर्वाचनहरूमै विद्युतीय भोटिङको सफल परीक्षण गरिसकेको छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं जिल्ला क्षेत्र नं १ का झन्डै ५० हजार मतदाताबीच परीक्षणका रूपमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । त्यसपछि आयोगले मोरङ, रोल्पा, धनुषा, कास्की र कञ्चनपुरमा भएका उपनिर्वाचनमा पनि विद्युतीय प्रविधि अपनायो ।
सशस्त्र संघर्षबाट आएको माओवादीलाई २०६४ को पहिलो संविधानसभा निर्वाचनले अनुमोदन गर्यो, २०७० को चुनावपछि गठित दोस्रो संविधानसभाले नयाा संविधान निर्माण पूरा गर्यो।
प्रजातन्त्र बहालीपछि २०४८, ०५१, ०५६, ०७४ र ०७९ गरी पाँच पटक प्रतिनिधिसभा निर्वाचन भए। यस अवधिमा कांग्रेस, एमाले र माओवादी केन्द्र नै आलोपालो मुख्य शक्ति बनेका छन् ।
२०३६ सालको जनमत संग्रह मतदान प्रक्रिया मात्रै थिएन, नेपालको राजनीतिक भविष्य निर्धारण गर्ने ऐतिहासिक घुम्ती पनि थियो । त्यसबेला कुल मतदाता ७१ लाख ९२ हजार ४ सय ५१ रहेकामा ४८ लाख १३ हजार ४ सय ८६ जना (६६.९२ प्रतिशत) ले मताधिकार प्रयोग गरे, ३ लाख ७२ हजार ६९ (७.६३ प्रतिशत) मत बदर भयो ।
निरन्तर संघर्ष, आन्दोलन र निर्वाचन प्रक्रियामार्फत नेपाली महिलाहरूले आफूलाई नेतृत्वको केन्द्रमा स्थापित गर्दै आएका छन् । लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका प्रत्येक मोडमा महिलाको सहभागिता निर्णायक बन्दै गएको छ ।