भोटे ताल्चाको जिम्मामा बस्ती

गाउँका सबै जना एकै पटक चेने झर्थे र याङ्मा फर्किन्थे, त्यस अवधिमा गाउँ रुङ्थ्यो– तिब्बतको भोटे ताल्चाले । तर, गत वर्षदेखि भिन्न अभ्यास प्रारम्भ गरेका छन्– याङ्माका बासिन्दाले । परम्परागत शैलीमा परिवर्तन ल्याउने प्रयास स्वरूप तिनले २० दिन मात्रै बस्ती छाडे, बाँकी दिन चिसो सहेरै गाउँमै बसे ।

Settlement under the jurisdiction of Bhote Talcha

बेंसी झर्दै उपल्लो डोल्पावासी

हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका बासिन्दा जिम्मु, छुर्पी, भोटे चियालगायतका खाद्यवस्तु याकमा बोकाएर बेंसी ओर्लन्छन्, मकै, धानलगायतका अन्नबालीसँग साट्छन् अनि गर्मी सुरु भएपछि घर फर्कन्छन्।

Upper Dolpa residents descending the valley

न्यानो मात्र होइन, सुरक्षा खोज्न पनि बेंसी

सर्वसाधारण भन्छन्– ‘नेपाल टेलिकमको टावरले काम गर्दैन, इन्टरनेट छैन, बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगेको छैन, लघु जलविद्युत् आयोजनामा पानी जमेर विद्युत् उत्पादन हुँदैन, चिसोमा हरेक नागरिक हरेक तवरबाट असुरक्षित छन्’

Not only for warmth, but also for safety, the valley

‘लेक चढे पशु चौपाया, बेंसी झरे आफ्नै माया’

पुथा उत्तरगंगाका हिमाली तथा उच्च पहाडी भेगबाट गोठालाहरू बेंसी झरेपछि यतिबेला यहाँका पाटन र खर्कहरू लगभग निर्जन जस्तै छन्। तर बर्खामा पशुचौपाया हिँडेका पाईलाका डोब र गोठका निसान प्रस्ट भेट्न सकिन्छ।

”Animals climbed the lake, their own love fell into the valley”

हेरालुका भरमा छ खुम्बु

गोरक्सेप, लोबुचे र दिङबोचेका अधिकांश बासिन्दा काठमाडौं पुगिसकेका छन्, उनीहरूका घर, होटल कामदारहरूले रुँगिरहेका छन्, कतिपय घरमा ताल्चा लगाइएको छ।

Khumbu is on the lookout.

न वर्षभरि गाउँमा बस्न सक्छन्, न सधैंलाई छाड्न

एकातिर अत्यधिक चिसो छ, अर्कातिर सडक, स्वास्थ्य, शिक्षा, सञ्चार सुविधाको अभाव, तैपनि मुगु र हुम्लाका उपल्लो भेगका बासिन्दा सधैंलाई बसाइँ सर्न सक्दैनन्, हिउँ पर्ने केही महिना अन्तै गए पनि गर्मी सुरु भएपछि फर्किहाल्छन्।

They can neither stay in the village all year round, nor leave it forever.

रसुवाली किसान : जता भेडा, उतै बास

गोठमै बस्ने सेनाम फुर्पु घले चौंरीपालक कृषक हुन्, उनी भर्खरै ५९ वटा चौंरीका धनी भएका छन्, जो १२ महिनामा १४ ठाउँमा गोठ सर्छन् । भन्छन्- चौंरी गोठालाको स्थायी ठेगाना हुँदैन । गर्मी चढेपछि चैतदेखि असोज १५ सम्म माथि–माथि लेक चढ्नुपर्छ– गोसाइँकुण्डसम्मै पुगिन्छ ।

Rasuwali farmer: Wherever there are sheep, there they live

चिसो छल्दै, न्यानो बेच्दै मुस्ताङी

मंसिरमा मुस्ताङीहरू तल झर्छन् । फागुन अन्तिम सातादेखि उपल्लो मुस्ताङीको घर फिर्ती सुरु हुन्छ । मुस्ताङीको यो यात्रा नुन–चामलको परम्पराबाट सुरु भएर वैदेशिक रोजगारीको युगसम्म आइपुगेको एउटा अनन्त कथा हो ।

Mustang, keeping the cold at bay, selling warmth

विद्यालय पनि झर्छन् बेंसी

चिसो छल्न २५३ विद्यार्थी लिएर हिमाली भेगको ल्हो पेमा सम्भवा माध्यमिक विद्यालयले १७ कात्तिकबाट आरुघाट गाउँपालिका–४ थुमिको कोखेटार झरेर कक्षा चलाइरहेको छ।

Schools also fall into the valley

धो-तारापको परम्परागत बसाइँसराइ

नेपालका ५८ जनजाति समूहमध्ये १८ समूह हिमाली जिल्लामा बसोबास गर्छन्, ती सबै आदिवासी हिउँदका तीनदेखि चार महिना जाडो छल्न काठमाडौंदेखि भारतसम्मै पुग्छन्।

Traditional migration of Dho-Tarap

६ महिना टिंकर, ६ महिना खलंगा

व्यासमा विद्यालय नहुँदा सौका समुदायका मानिसले खलंगा–व्यास दोहोरो बसाइँ गर्नुपर्छ, पहिला कुञ्चासँगै विद्यालय पनि व्यासमै सर्ने गर्थ्यो, अहिले विद्यालय सदरमुकामबाट व्यास उक्लँदैनन्।

6 months of tinkering, 6 months of scolding
Link copied successfully