अछाम-१ मा ८ र २ मा ९ जनाको मनोनयन दर्ता

मुख्य निर्वाचन कार्यालय अछामका अनुसार अछाम-१ मा ८ जना र अछाम-२ मा ९ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

माघ ६, २०८२

मेनुका ढुंगाना

Nominations of 8 people registered in Achham-1 and 9 in Achham-2

अछाम — अछामका दुई निर्वाचन क्षेत्रमा १७ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन कार्यालय अछामका अनुसार अछाम १ मा ८ जना र अछाम २ मा ९ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो ।

अछाम–१  मा नेपाली कांग्रेसका भरतकुमार स्वार, नेपाली कम्युनिस्ट पार्टीका भीम रावल , नेकपा एमालेका दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र शाह, नेकपा माओवादी (नेत्रविक्रम चन्द) का लोकेन्द्रबहादुर शाही ,स्वतन्त्र उम्मेदवार भीम बहादुर कुँवर रहेका छन् ।

त्यस्तै, अछाम–२ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह , नेकपा एमालेका यज्ञबहादुर बोगटी , राष्ट्रिय स्वतन्त्र पाटीका भूपदेव शाह, नेपाली कम्युनिस्ट पार्टीका बलबहादुर कुँवर, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाही, लोकतान्त्रिक प्रगतिशील पार्टीका पुष्पराज न्यौपाने, नेकपा माओवादी (नेत्रविक्रम चन्द) का शेर बहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर शाही, उज्यालो नेपालका राजेश रावलले मनोनयन दर्ता गरेका छन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully